
विराटनगर । निर्माण व्यवसायी महासंघ कोशी प्रदेशको अध्यक्षमा केशरकुमार बुढाथोकी निर्वाचित भएका छन् । विराटनगरमा सम्पन्न नवौं अधिवेशनबाट बुढाथोकी अध्यक्षमा निर्वाचित भएका हुन् । बुढाथोकीले २७२ मत प्राप्त गरे भने उनका निकटत प्रतिस्पर्धी कमलप्रसाद गौतमले १३२ मत ल्याए ।
संघको प्रथम उपाध्यक्षमा रमेश कार्की, द्वितीय उपाध्यक्षमा चन्द्र सापकोटा र तृतीय उपाध्यक्षमा मिलनकुमार बस्नेत निर्वाचित भए । यस्तै महासचिवमा सन्तोषकुमार बस्नेत निर्वाचित भए ।
संघको नीतिगत उपमहासचिवमा लिलाप्रसाद गुरागाईं र आन्तरिक उपमहासचिवमा चन्द्र पाठक र कोषाध्यक्षमा किशोर भट्टराई तथा सह-कोषाध्यक्षमा मनोजकुमार राई निर्वाचित भए ।
सदस्यहरूमा लक्ष्मी श्रेष्ठ, उत्तमकुमार पौडेल, सुप्रिम राई, रणबहादुर कार्की, तिलकराज पोखरेल, चन्द्रशेखर सुवेदी, गणेशप्रसाद यादव र सन्तकुमार मेहता निर्वाचित भएका छन् ।

संगालोखबर 



















