
विराटनगर । नेपाली बजारमा आज पनि सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एकैदिन सुनको मूल्य प्रतितोला दुई हजार आठ सय रुपैयाँ घटेको हो ।
आज सुनको मूल्य प्रतितोला दुई लाख ४२ हजार छ सय रुपैयाँ कायम भएको छ । शुक्रबार सुन प्रतितोला दुई लाख ४५ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य तोलामा दुई सय ४५ रुपैयाँ घटेर तीन हजार ६५ रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदी प्रतितोला तीन हजार एक सय १० रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 



















