बिराटनगर । सुनको मुल्य पुनः ह्वात्तै बढेको छ । दैनिक एक हजारले सुनको भाउ बढ्दै गएको छ। बिहीबार प्रतितोला ६४ हजारमा कारोबार भएको छापावाल सूनको मुल्य शुक्रवार एक हजारले बढेर ६५ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Advertisement

त्यस्तै तेजावी सुनकाे मूल्य ६४ हजार ७ सय पुगेकाे छ। बुधबार ६३ हजारमा काराेबार भएकाे सुन बिहीबार एक हजारले बढेर ६४ हजारमा काराेबार भएकाे थियाे। अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेकाले त्यसको प्रभाव नेपालमा परेको हो।

हिजो ६४ हजारमा कारोबार भएको छापावाल सुन १ हजार बढेर ६५ हजार निर्धारण भएको महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताए। यो हाल सम्मै उच्च मूल्य हो। चीन र अमेरिकाको व्यापार युद्धले सुन बजारमा प्रभावित भएको महासंघको भनाइ छ।

यसअघि २०७० भदौ १२ गते सुनको भाउ तोलामै ऐतिहासिक ३ हजार ४ सय रुपैयाँले बढेर ६३ हजार ३ सय रुपैयाँ पुगेको थियो। मूल्य घटबढ हुँदै २०७५ फागुन ८ गते पुनः ६३ हजार ३ सय रुपैयाँमा पुगेको थियो। अहिले भने रेकर्ड नै भएको महासंघले जनाएको छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!