काठमाडौं । ठमेलको लाइट क्लब एलओडी (लर्ड अफ डिस्को)मा शनिबार राति आयोजित भारतीय गायिका नेहा कक्करको सांगीतिक कार्यक्रम विवादमा तानिएको छ ।आयोजक पारामाउन्ट इन्टरटेन्मेन्ट प्रालिले क्लबको क्षमताभन्दा बढी टिकट बिक्री गरेपछि कार्यक्रम विवादित बनेको हो ।

Advertisement

कक्करको कार्यक्रम हेर्न पुगेका सयौं दर्शक क्लब बाहिरै बस्नु परेपछि उनीहरुले प्रहरी गुहारेका थिए । कार्यक्रम हेर्न पुगेका दर्शक अलपत्र परेपछि काठमाडौं प्रहरी परिसर, टेकुको टोलीले आयोजक संस्थाका दीपक घिमिरे, रविन श्रेष्ठ र अर्का एक जनालाई पक्राउ गरेको छ ।

परिसरका डीएसपी होविन्द्र बोगटीका अनुसार पीडितले टिकट बराबरको रकम फिर्ता पाउनु पर्ने माग गरेका छन् । सञ्चालकसँग र पीडक पक्षबीच टिकट बराबरको पैसा फिर्ता गराउने बारे छलफल भइरहेको छ । छलफलबाट निकास ननिस्किए मुलुकी अपराध संहिताको ठगी कसुर अन्तरगत पक्राउ परेकामाथि कारबाही हुनेछ ।

आयोजकमध्येका दीपक घिमिरे विवादित व्यक्ति हुन् । आफूलाई ‘अन्तर्राष्ट्रिय मोडल’ र मिनेन्द्र रिजालका ज्वाई भनी प्रचार गराउने उनले सौन्दर्य प्रतियोगिताको नाममा आफ्नो धन्दा चलाउने गरेको  आरोप लाग्ने गरेको छ ।

प्रतियोगितामा सहभागीलाई विजेता बनाइदिन्छु भन्दै पैसाको मोलमोलाई गरेको भन्दै  उनलाई दाङ, बुटवल र गुल्मीलगायत ठाउँमा आयोजित कार्यक्रममा बिरोध भएको थियो ।

अघिल्लो वर्ष २८ मंसिरमा ठमेलकै क्लब डेजाभूमा डीजे मार्समेलोलाई ल्याउने भनेर टिकट विक्री गरिए पनि उनी आएपछि तोडफोड भएको थियो । घटनामा क्लबका सञ्चालकसमेत पक्राउ परेका थिए  ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!