धनगढी । कैलाली र कंचनपुरमा बिहिवार राती आएको हावाहुरिका कारण ठूलो क्षति भएको छ। कैलालीमा २ जनाको मृत्यु भएको छ भने दुबै जिल्लामा गरी १०९ जना घाइते भएका छन्।

Advertisement

कैलालीको टिकापुर नगरपालिका २ मा परखाल लागेर लाहनु डगौराको मृृत्यु भएको छ। गोेदावरि नगरपालिका ८ मा हावाहुरीका कारण विरवहादुर चौधरीको मृत्यु भएको छ। पुर्बबाट पश्चिम गइरहेको बा ३ प ३८३६ नम्बरको टिप्परले से १ प ५८५१ नम्बरको मोटरसाइकललाइ ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु भएको हो। घाइते अधिकांशकोे सेती अस्पतालमा उपचार भइरहेको छ।

हावाहुरीका कारण अहिलेसम्म कैलालीमा ७६ जना घाइते भएका छन् भने कञ्चनपुरमा ३३ जना घाइते भएका छन्। गम्भीर चारजनालाई उपचारका लागि भारत र नेपालगन्ज पठाइएको छ। क्षतिको थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

यसैबीच, काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा आज विहानैबाट हावाहुरीसँगै वर्षा भएको छ । पश्चिमी वायुको प्रभावले हावाहुरीसहित वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हावाहुरीका कारण काठमाडौंको बुढानिलकण्ठ आसपासका क्षेत्रमा सामान्य क्षति पुगेको छ । बुढानिलकण्ठ नगरपालिका–१३ चुनीखेल नयाँवस्ती आसपासका केही घरमा हावाहुरीले क्षति पुर्याएको छ ।

हावाहुरीको चाप क्रमशः पश्चिम हुँदै पूर्वतिर गइरहेका कारण सचेत रहन जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!