काठमाडौं । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीले नाकको हड्डी भाँच्ने भनेर पत्रकारलाई दिएको धम्की प्रकरण प्रतिनिधिसभा बैठकमा पुगेको छ ।

Advertisement

बैठकको शून्य समयमा बोल्दै नेपाली कांग्रेसकी सांसद सुजाता परियारले संसदमा प्रश्न गरिन्, ‘इटहरीका प्रमुखको हर्कत के हो ,’

उनले प्रश्न गरिन्, ‘राज्यको चौथौ अंग नै असुरक्षित छ भने अरुको हालत के होला ? करोड खर्च गरेर पनि सिध्याउँछु भन्नु कुन लोकतन्त्रमा पर्छ ? के हामीले प्राप्त गरेको लोकतान्त्रिक विधि र पद्दति समाप्त भएकै हो त ?’

पत्रकारलाई धम्की दिने मेयरलाई तत्काल कारवाही गरेर राज्य भएको अनुभूति गराउन समेत सांसद परियारले माग गरेकी छन् । ‘राज्य छ भने तत्काल कारवाही गरेर राज्य भएको अनुभूति दिलाउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भनिन् ।

कांग्रेसकै अर्की सांसद हिरा गुरुङले दुईतिहाइको दम्भमा जनतालाई धाक–धम्की दिने, कुटपिट गर्ने र मार्ने कानूनमा छूट छ भनेर प्रश्न गरेकी छन् । मेयरमाथि फौजदारी अपराध अन्तर्गत अभियोग लगाएर तत्काल कारवाही प्रक्रिया अगाडि बढाउन उनले सरकारसमक्ष माग गरिन् ।

मेयर चौधरीले पत्रकार विराट अनुपमलाई नाकको हड्डी भाँच्ने धम्की दिएका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!