काठमाडौं । जननेता मदन भण्डारी र जीवराज आश्रितको हत्यारा खोजी  प्रक्रिया सुरू गरिएको दाबी गृहमन्त्री रामबहादुर थापा बादलले गरेका छन् ।

Advertisement

२६ औं मदन–आश्रित स्मृति दिवसको अवसरमा मदन भण्डारी स्मृति बाटिका, कोटेश्वरमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री थापाले छानबिन प्रक्रिया सुरू गरिएकाले छिट्टै हत्यारा पत्ता लाग्ने बताए ।

‘नेता मदन भण्डारी र जीवराज आश्रितको हत्याबारे छानबिन गर्न हामीले प्रक्रिया थालेका छौं,’ भण्डारीको सालिक अगाडि उभिएर गृहमन्त्री थापाले भने, ‘छिट्टै हत्यारा पत्ता लाग्ने छ ।’

थापाले हत्यारा खोजीको प्रक्रिया सुरु भएको दाबी गरे पनि त्यो कसरी अघि बढ्दै छ भन्नेबारे भने केही पनि खुलाएनन् ।

नेकपा एमालेका तत्कालीन महासचिव भण्डारी र संगठन विभाग प्रमुख आश्रितको ०५० जेठ ३ गते चितवनको दास ढुंगामा जीप दुर्घटनामा परी निधन भएको थियो । जुन दुर्घटनालाई रहस्मय ठानिँदै आएको छ ।

मदन पत्नी विद्या भण्डारी राष्ट्रपति र उनका समकालीनले यतिबेला सत्ताको बागडोर सम्हालिरहेका छन् । तर, २६ वर्षअघिको रहस्मय जीप दुर्घटनाको तथ्य अहिलेसम्म सतहमा आउन सकेको छैन । दुर्घटनाका साक्षी जीप चालक अमर लामाको हत्यापछि यो थप रहस्मय बन्न पुगेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!