काठमाडौँ । पछिल्लो समय नेपाली दर्शकमाझ स्वदेशी फिल्मप्रतिको चासो हृवात्तै बढेको छ । तर पनि फिल्म र प्रदर्शन हलको दूरावस्थाले गर्दा नेपाली फिल्ममा रुचि राख्ने कतिपय दर्शक हलसम्म जाँदैनन् ।

Advertisement

प्रायः फिल्मकर्मीहरू स्वदेशी फिल्मका उल्लेख्य दर्शक वैदेशिक रोजगारी वा अध्ययनका क्रममा विदेशमा रहेकाले पनि यहाँ फिल्मले सोचे जस्तो दर्शक पाउन नसकेको तर्क गर्छन् । अब सबै तर्क र समस्यालाई हल गर्ने गरी ओएसआर डिजिटलले अनलाइनबाटै रकम तिरेर फिल्म हेर्न मिल्ने गरी भिडियो पसल खोलेको छ ।

भिडियो पसलको एप्समार्फत अनलाइन दर्शकले हलमा सार्वजनिक प्रदर्शन भएकै दिनमा हेर्न पाउने ओएसआर डिजिटलले जनाएको छ । ओएसआर डिजिटल नेपाली फिल्म तथा संगीत क्षेत्रको डिजिटल अधिकार खरिद गर्दै आएको कम्पनी हो । भिडियो पसललाई सुरुवातमा नेपाल बाहिर मात्रै डाउनलोड गर्न मिल्ने बनाइएको छ । ओएसआरले पाइरेसीको कुनै अवसर नहुने गरीएकपटक पैसा तिरेपछि हप्ताभरि जुनकुनै समयमा पनि फिल्म हेर्न पाउने गरी भिडियो पसलको सुरुवात गरिएको बताएको छ ।

भिडियो पसलमा फिल्मको स्तरअनुसार तय गरिएको एकदेखि तीन डलरसम्म शुल्क तिरेर नयाँ नेपालीफिल्म हेर्न पाइने व्यवस्था मिलाइएको हो । सुरुवाती चरणमा पछिल्लो समय रिलिज भएका फिल्म ‘क्याप्टेन’, ‘ब्रेकअप’ ‘प्रसाद’ अपलोड भइसकेको र अन्य फिल्म पनि भिडियो पसलमा राखिने क्रममा रहेको ओएसआरले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!