नवलपरासी । पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका २ मा कुखुरा फार्ममा बर्डफ्लू भेटिएको छ । मध्यबिन्दु नगरपालिका २ नन्दपुरका पिताम्बर महतोले पालेका कुखुरामा बर्डफूल भेटिएको नगरपालिका पशु सेवा शाखा प्रमुख डा.श्याम कृष्ण तिवारीले बताए ।

महतोले पालेका कुखुरा धमाधम मर्न थालेपछि चितवनको राष्ट्रिय पन्छी प्रयोगशालामा गरिएको परीक्षणमा बर्डफ्लु पुष्टि भएको हो । महतोको घरमा रहेका अन्य सबै कुखुरा नष्ट गरिएको छ ।

गण्डकी प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी व्यवस्था मन्त्रालयको टोली, पशुपन्छी विकास निर्देशनालय, पोखराको पशु पन्छी रोग अन्वेशण प्रयोगशाला, मध्यबिन्दु नगरपालिकाको पशु सेवा शाखाका प्राविधिक टोलीको रोहबरमा कुखुरा, हाँस लगायतका पन्छीहरु नष्ट गरिएको छ ।

महतोले पालेका १ सय ८१ वटा हाँस, ६५ वटा स्थानीय कुखुरा, ७८ अण्डा, ३४ किलो दाना, साढे चार किलो कुखुराको सुली सुरक्षित तरिकाले नष्ट गरिएको तिवारीले जानकारी दिनुभयो ।   आसपासका क्षेत्रमा बर्डफ्लू भए/नभएको पत्ता लगाउनका महतोको घर आपासका अन्य कुखुरा तथा हाँसहरुको नमुना संकलन गरी परीक्षणका लागि पठाएको छ । यस्तै, बर्ड फ्लूको संक्रमण बढ्न सक्ने भन्दै कुखुरा नपाल्न पशु सेवा कार्यालयले आग्रह समेत गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!