- बिनोद बिष्ट
बन्दनालाई प्रमाणपत्र प्रदान गरिदै र प्रमाणपत्र पाएपछि तस्वीर खिचाउँदै । तस्वीर : बिनोद बिष्ट

काठमाण्डौं । धनकुटाकी बन्दना नेपाललाई गिनिज बुक अफ वल्र्ड रेकर्डसले विश्व किर्तिमानको प्रमाणपत्र प्रदान गरेको छ । लगातार १ सय २६ घण्टा नृत्य गरेर विश्व किर्तिमान राखेकी बन्दनालाई राजधानीमा एक कार्यक्रमका वीच प्रमाणपत्र प्रदान गरिएको हो ।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालले प्रमाणपत्र हस्तान्तरण गरे । यसअधि लगातार १ सय २३ घण्टा नृत्य गर्ने कलाकारको नाममा रहेको विश्व किर्तिमान अव बन्दनाको नाममा आएको हो ।

कार्यक्रमलाई संबोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालको संस्कृति, परम्परालाई विश्वसामु चिनाएकोमा बन्दनालाई धन्यवाद ज्ञापन गर्दै गाउँ–गाउँमा रहेका प्रतिभालाई सरकारले प्रोत्साहन गर्ने प्रतिवद्धता जनाए ।

यता, बन्दनाले सानै उमेरमा विश्व किर्तिमान राखेर नेपालको गौरब बढाउँने काम गरेको भन्दै नेकपाका अध्यक्ष दाहालले खुशी व्यक्त गरे ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!