- संगालोखबर सम्वाददाता

काठमाण्डौं। झगडा हुँदा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् । वैशाख २१ गते राती श्रीमतीको हत्या गरेपनि अभियुक्तले २४ घण्टासम्म घटना गुपचुप राखेका थिए । भोजपु्र याङपाङ माइती भई भुम्लु गाउँपालिका ६ काभ्रेमा विवाह गरेकी २३ वर्षीय निर्मला नेपालको हत्या उनकै श्रीमान् पुष्कर भन्ने राजकुमार पहरीले गरेका हुन् ।

Advertisement

वैशाख २१ गते साँझ काठमााडौंको बागबजारस्थित डेरामा झगडा हुँदा राजकुमार पहरीले कपालमा समातेर पलङमा लडाइदिँदा निर्मलाको मृत्यु भएको हो । वैशाख २१ गते साँझ नै निर्मलाको मृत्यु भएपनि राजकुमारले घटना गुपचुप नै राखेका थिए ।

तर आफू अपराधबाट छिप्न नसक्ने भएपछि राजकुमारले वैशाख २३ गते बिहान मात्रै निर्मलाको मृत्यु भएकोबारे आफन्तलाई जानकारी गराएका थिए । घटनाको जानकारी पाएलगत्तै पुगेको अपराध महाशाखाको टोलीले निर्मलाका श्रीमान राजकुमारलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीसँगको प्रारम्भिक बयानमा राजकुमारले आफ्नो अपराध स्वीकार गरेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!