काठमाडौं, २३ बैशाख। पटक–पटक सुन तस्करी हुँदै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेपाल एयरलाइन्सका कर्मचारी नै रहेको खुलेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (डीएसपी) होविन्द्र बोगटीका अनुसार नेपाल एयरलाइन्सका कर्मचारी रन्जित कुमार यादव पक्राउ परेका हुन् ।

तस्करीको सुन पास गर्दै गरेको अवस्थामा विमानस्थलमा खटिएका प्रहरी टोलीले यादवलाई पक्राउ गरेको बताइएको छ ।

उनको साथबाट ३० तोला सुन बरामद भएको जानकारी दिँदै बोगटीले उनीमाथि थप अनुसन्धान भइरहेको बताए ।

Please Subscribe to Sangalo Khabar Youtube Channel.

तपाईको प्रतिक्रिया

error: Content is protected !!