संगालोखबर संवाददाता

काठमाडौं, २० बैशाख । फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट एकमात्र फिल्म ‘दाल भात तरकारी’ प्रदर्शनमा आएको छ । प्रायः दुई वा सो भन्दा बढी संख्याका फिल्म प्रदर्शनमा आउने गरेको भएपनि यो साता भने ‘दाल भात तरकारी’ले एकल प्रदर्शनको अवसर पाएको हो ।

Advertisement

हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, निरुता सिंह, आँचल शर्मा, पुष्प खड्का, वर्षा राउत, शिवहरी पौडेल लगायतका कलाकारको मुख्य भुमिका रहेको फिल्मले मल्टीप्लेक्समा धेरै शो पाएको छ भने सिंगल थिएटर पनि राम्रो पाएको छ । फिल्म सुदन केसीले निर्देशन गरेका हुन् ।

गीतसंगीतका कारण पनि चर्चामा रहन सफल यो फिल्मले देशभर बम्पर ओपनिङ गर्ने अपेक्षा निर्माण युनिटले गरेको छ । रिलिज अगावै ओभरसिज राइट्सबाट लगभग करोड हात पारिसकेको यो फिल्म रमिला आर्चाय, नरेन्द्र कंसकर, शिवहरि पौडेल, यमन श्रेष्ठ निर्माता रहेका छन् । फिल्ममा दिर्घ गुरुङको छाँयाकन र मित्र डी गुरुङको सम्पादन रहेको छ ।

यो फिल्मसँग गत हप्ता प्रदर्शनमा आएको हलिउडको ठूलो फिल्म ‘एभेञ्जर इण्ड गेम’ पनि भिड्दै छ । ‘एभेञ्जर इण्ड गेम’ आउने भएपछि यो फिल्म गत १३ गते आउने भनिएपनि एकसात पछि सरेर आज सरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement