काठमाडौं, १७ वैशाख । नेकपा विप्लव समूहमाथि लगाएको प्रतिबन्ध नहट्ने प्रष्ट पारेका छन् । प्रमुख विपक्षी सहितका दलहरुले वार्ता र सम्वादबाट समाधान खोज्नुपर्ने बताए पनि प्रधानमन्त्री ओलीले भने प्रतिबन्ध फिर्ता लिने सम्भावना नरहेको बताए ।

Advertisement

मंगलबार संसदीय दलको बैठकलाई सम्बोधन गर्दै सत्तारुण् नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले जनताका नाममा बम पड्काउन, उदण्डता मच्चाउन नदिइने बताए । प्रतिबन्ध भन्ने शब्द उल्लेख नगरी उनले भने, ‘कतिपयले फिर्ता लिनुपर्छ भनिरहेका छन् । बम पड्काउन पाइन्न भन्ने पनि फिर्ता लिने ? यो हुँदैन ।’

विप्लव समूहले हतियार बुझाए सहज हुने उनले बताए । नभए सरकारले नियन्त्रण गर्ने प्रष्ट पारे ।

सरकारले विप्लव समूहमाथि २८ फागुनमा प्रतिबन्ध लगाएको थियो । त्यसयता विप्लव समूहमा संलग्न भएको आरोपमा थुप्रै नेता कार्यकर्ता पक्राउ परे पनि केही भने छुटेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!