रुपन्देही, १७ बैशाख । रुपन्देहीको मर्चवामा वडाध्यक्षले नै सर्वसाधरणको जग्गा झुक्याएर हडपेको खुलासा भएको छ ।

Advertisement

रुपन्देहीको कोटहीमाई, ४ वडाध्यक्ष ओमप्रकाश पाण्डेयसमेतको मिलेमतोमा सात जनाले कमलावती पालको ३२ कट्ठा सात धुर जग्गा झुक्याएर आफ्नो नाममा सारेको छन् । ४९ वर्षीय पाल बोल्न र हिड्न सक्दिनन् ।

वडाध्यक्ष पाण्डेयले पालको जग्गा आफ्नै छोरा राजेश पाण्डेयसहित सात जनाको नाममा सारिदिएका छन् ।

आफ्नो नाममा जग्गा छोराको नाममा गराउने भनी कमलावतीलाई कार्यालयमा लगेर वडाध्यक्षले आफ्नै छोराको नाममा जग्गा नामसारी गरिदिएको कमलावतीका छोरा सुभाष लोनियाले बताए । यो समाचार नयाँ पत्रिकामा दीपेश पछाईले लेखेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!