शुक्रवारबाट प्रदर्शनमा आउन लागेको अभिनेता प्रदीप खड्का स्टारर फिल्म ‘लभ स्टेशन’ का लागि मल्टीप्लेक्स हलहरुले अग्रिम बुकिङका सोज निर्धारण गरेका छन् । एकल प्रदर्शनको अवसर पाएका कारण फिल्मले मल्टीप्लेक्सहरुमा उच्च सोज हात पारेको छ । नेपालकै ठूलो र स्तरीय मल्टीप्लेक्स च्यानल क्यूएफएक्सले मात्र राजधानीका पाँच स्टेशनमा फिल्मलाई १९ र मोफसलका चार स्टेशनमा १७ सोज प्रदान गरेको छ ।

Advertisement

यो फिल्मले अभिनेता अनमोल केसी अभिनीत फिल्म ‘क्याप्टेन’ लाई समेत सोज संख्यामा उछिनेको छ । उक्त फिल्मलाई प्रदर्शनको पहिलो दिन क्यूएफएक्सले राजधानीका ५ स्टेशनमा कुल १६ सोज प्रदान गरेको थियो । हुनत, सोज संख्या धेरै पाउँदैमा फिल्म चल्ने भन्ने हुँदैन । मल्टीप्लेक्समा उच्च सोज हात पारेर पनि हलमा पानी भन्न नपाएका फिल्म धेरै छन् । ‘लभ स्टेशन’ अपवाद बन्न सक्ला वा चुक्ला ? यसको भने प्रतिक्षा गर्नैपर्ने हुन्छ ।

तर, मल्टीप्लेक्समा यो फिल्मको अग्रिम बुकिङ खुल्ला गरिएको १६ घण्टा वितिसके पनि सिट सुरक्षित गर्ने दर्शकहरु भने धेरै देखिएका छैनन् । अहिलेसम्म क्यूएफएक्सको लबिम मल र कुमारीको बिहानको सोज मात्र फिलिङ फास्ट देखिएको छ । अरु सोजका सिट दर्शकको प्रतिक्षा गरेर बसेका छन् । सोलो प्रदर्शनको मौका पाएको यो फिल्मले सिंगल स्क्रिन पनि प्रायः कब्जा गरेको छ ।

यस्तै, फिल्मलाई क्यूज सिनेमाजले ४ सोज प्रदान गरेको छ भने बिग मुभिजले ६ सोज बाँडेको छ । विएसआर, एफक्यूब र सिडिसीले समान्तर ५/५ सोज प्रदान गरेका छन् । राजधानीका मल्टीप्लेक्सहरुले प्रदान गरेको सोज हेर्दा फिल्मले बम्पर व्यापार गर्ने संकेत देखाउँछ । अभिनेता प्रदीपको क्रेज र फिल्मप्रति दर्शकको चासोलाई मध्यनजर गर्दै बुधबार दिउँसो नै मल्टीप्लेक्सहरुले अग्रिम बुकिङ खुल्ला गरेका हुन् ।

यो फिल्मलाई भेट्रान निर्देशक उज्जवल घिमिरेले निर्देशन गरेका हुन् । यसमा प्रदीपले दोस्रो पटक अभिनेत्री जसिता गुरुङसँग रोमान्स गरेका छन् । यसअघि फिल्म ‘लिलिबिली’ मा यो जोडीलाई दर्शकले अत्याधिक रुचाएका थिए । गोविन्द शाही निर्मित यसमा रमेश बुढाथोकी, सरु बिष्ट, रवि डंगोल, प्रकाश शाह, प्रिया रिजाल, रेशु भट्टराई, कालु राना, विनोदकुमार पौड्याल, दिनेश काफ्ले लगायतका कलाकारको पनि अभिनय छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!