काठमाडौँ, ७ चैत । सरकारले नेत्रविक्रम चन्द विप्लप नेतृत्वलाई हतिरयार विसाएर वार्तामा आउन आग्रह गरेको छ । बिहिबार मन्त्रिपरिषदको बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सुचना सूचना तथा संचार प्रविधिमन्त्री गोकुल प्रसाद बास्कोटाले सरकार सधै शान्ति र वार्ताको पक्षमा रहेको बताउनु भयो । विप्लप नेतृत्वको नेकपाले संविधान स्वीकारेर वार्तामा आउन चाहे सरकार सधै तयार रहेको छ, उहाँले भन्नुभयो ।

सरकार सधै सकारात्मक दिसामा अघि बढेको भन्दै प्रवक्ता बास्कोटाले भन्नुभयो, मुलुकले हिंसा थेग्न सक्दैन राजनीतिक समाधान खोजौँ। नेपाली समाजले १० वर्ष सशस्त्र द्वन्द्व भोगेको छ, भनेका हौँ कुनै पनि समुहलाई हिंसा गर्न प्ररित गरेका होइनौँ । सरकारले बारम्बार भनीरहेको छ, हतियार कुनै पनि कुराको निकास होइन। सरकारको शब्दकोषमा मार्ने भन्ने कुरा नभएको र भएकाले पनि हिंसात्मक कृयाकलापलाई हटाउन चाहेको समेत बताउनुभयो ।

यदि युद्ध गर्ने सोचले कुनैपनि समूह सक्रिय हुन्छ भने सरकारले सुरक्षाका लागि आफ्नो कदम चाल्ने पनि मन्त्री बाँस्कोटाको भनाइ रहेको थियो। हिंसालाई छुट दिन नसकिने भन्दै उहाँले यो सरकारको मात्रै विषय होइन, शान्ति चाहने सबैको विषय रहेको जिकिर गर्नुभएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!