बैतडी, २३ फागुन । पाटन नगरपालिकाले निजी स्रोतका शिक्षकको व्यवस्थापनका लागि रू एक करोड उपलब्ध गराउने भएको छ । नगरपालिकाभरका सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षकका लागि सो रकम उपलब्ध गराइने नगरप्रमुख केशवबहादुर चन्दले जानकारी दिनुभयो ।

Advertisement

शिक्षकका लागि अभिभावकले चन्दा दिनुपर्ने बाध्यता अन्त्य गर्न नगरपालिकाले पहल गरिरहेको जनाइएकोे छ । नगरभरिका सामुदायिक विद्यालयमध्ये गाभिनुपर्ने विद्यालयलाई गाभेर निजी स्रोतका शिक्षकको व्यवस्थापन गरिने नगरका प्रवक्ता लोकबहादुर भण्डारीले बताउनुभयो । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याउन यस्तो पहल भइरहेको उहाँले जानकारी दिनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!