संगालोखबर संवाददाता

रसुवा। विनाशकारी भूकम्पसँगै आएको हिमपातको पहिरोले क्षति पु¥याएका लाङटाङ क्षेत्रको जङ्गलका रुख स्थानीयस्तरमै प्रयोग गरिएको छ ।

Advertisement

लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख संरक्षण अधिकृत युवराज रेग्मीका अनुसार भूकम्पले लाङटाङ हिमालको बेसक्याम्प (समुद्री सतहबाट ६,२०० मिटर) स्थित पेच्छे ताल फुट्दा झरेको पहिरोको असरले ढलेका रुख व्यवस्थापन गर्दा लगभग रु १२ लाख राजस्व उठेको छ ।

ढलेका ती रुख स्थानीय लाङटाङवासीको आवास पुनःनिर्माणका लागि प्रतिपरिवार १०५ क्युफिटको दरले ११६ घरलाई १२ हजार १८० क्युफिट प्रदान गरिएको र त्यतिबेला उजाड बनेको जङ््गलमा अहिले भोजपत्रका बिरुवा उम्रिन थालिसकेको प्रमुख संरक्षण अधिकृत रेग्मीले बताउनुभयो ।

हिमालबाट भूकम्पसँगै चलेको पहिरोले तल्लो लाङटाङ गाउँका १७५ जना स्थानीयवासी पुरिनुका साथै हिमपहिरोबाट उत्पन्न हावाले पुरिएको गाउँपारिका जङ्गलका रुख सबै ढलेको स्थानीयवासीले बताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement