तनहुँ,  २१ फागुन । बन्दीपुर ३ तामुङबाट दमौली आउँदै गरेको ग १ ज २९०७ नम्बरको जीप व्यास नगरपालिका वडा नं १२ घासिकुवामा दुर्घटना हुँदा एक जनाको मुत्यु भएको छ । अन्य १२ जना घाइते भएका छन्र ।

Advertisement

मुत्यु हुनेमा बन्दिपुर ३ रामकोटका ७५ बर्षिय बुद्धि बहादुर थापा मगर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

जीप गुडिरहेको अवस्थामा अगाडी टायर पन्चर हुदाँ सडक बाट दश मिटर तल खसेको ट्राफिक प्रमुख पूर्णबहादुर अधिकारीले जनाकारी दिए । बुद्धि बहादुर लाई उपचारको क्रममा दमौली अस्पतालमा मुत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा चालक नर बहादुर घर्तीलाई थप उपचारको लागि पोखराको मणिपाल अस्पतालमा लगिएको अधिकारीले बताएका छन् । अन्य सामान्य घाईतेहरु होमबहादुर थापा, घनश्याम थापा, सावित्री थापा,कुमार बस्याल,देवीमाया थापा र खुममाया थापा लगायत अन्यलाई दमौली अस्पताल, रत्नहरि लगायतका आसपासका अस्पतालमा सामान्य उपचार भईरहेका छ ।

घाईते हरु सबै बन्दिपुरको रहेको प्रहरीले जनाएको छ । दुर्घटना बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!