पोखरा, २१ फागुन । पोखरामा फेरि अर्को प्याराग्लाइडिङ दुर्घटना भएको छ । दुर्घटनामा एक विदेशी नागरिकको मृत्यु भएको छ ।

Advertisement

सारङकोटबाट सोलो उडान भर्ने वित्तिकै दुर्घटना भएको बताइएको छ । दुर्घटनामा घाइते भएका रसियन नागरिकलाई तत्काल मेट्रो सिटी अस्पताल लगिएको प्रहरी सहायक निरीक्षक सन्तोष सृुवेदी बताउँछन् । तर, उपचारका क्रममा मृत्यु भएको उनको भनाइ छ ।

यसअघि आइतबार मात्र प्याराग्लाइडिङ दुर्घटनामा परेर रोमानियाका पाइलट इबि चिसजिरको मृत्यु भएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!