काठमाडौँ, १६ फागुन । पाकिस्तानी वायूसेनाले कब्जामा लिएका भारतीय पाइलट अभिनन्दन वर्तमान रिहा हुने भएका छन् । पाकिस्तानी प्रधानमन्त्री इमारान खानले संसदमा संवोधन गर्दै यस्तो घोषणा गरेका हुन्
हिजो पाकिस्तानले आफ्नो क्षेत्रमा आएको भारतीय लडाकु बिमानमाथि आक्रमण गरेर खसालेको थियो । यस क्रममा पाइलट अभिनन्दन पक्राउ गरेका थिए । भारतले उनलाई छुटाउन कुटनीतिक प्रयास गरेको थियो ।
संसदमा बोल्ने क्रममा प्रधानमन्त्री खानले ‘पिस गेस्चर (शान्ति संकेत)’ का रुपमा पाइलटलाई रिहा गर्न लागिएको बताए ।