चितवन, १६ फागुन । कालिका नगरपालिकाबाट जन्ती लिएर तनहुँतर्फ जाँदै गरेको बसले आज दिउँसो मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार एक किशोरीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा कालिका नगरपालिका–८ जुटपानीकी १४ वर्षीया शिक्षा अर्याल रहेकी छन् ।

Advertisement

कालिका नगरपालिका–८ शक्तिखोरबाट तनहुँका लागि जन्ती लिएर हिँडेको ग १ ख २६७६ नम्बरको बसले जुटपानीमा ना ५८ प ८६३५ नम्बरको मोटरसाइकललाई बाटो काट्ने क्रममा ठक्कर दिएको थियो । बसको ठक्करबाट मोटरसाइकल चालक र सवार दुवै घाइते भई उपचारका क्रममा पुरानो मेडिकल कलेजमा अर्यालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालक भरतपुर महानगरपालिका–९ बस्ने ४९ वर्षीय चन्द्रबहादुर भट्टको अवस्था मध्यम रहेको र उपचार भइरहेको प्रहरीले जनाएको छ । मोटरसाइकललाई ठक्कर दिने बस र चालक इलाका प्रहरी कार्यालय टाँडीको नियन्त्रणमा रहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!