पोखरा, १५ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सवार एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटानाग्रस्त भएको खबरसँगै अधिकारीका आफन्तजन एवं शुभेच्छुक यतिखेर पोखरास्थित उहाँको निवासमा पुगेका छन् ।

Advertisement

दुर्घटनाको खबरसँगै स्तब्ध भएका कास्कीका बासिन्दा पोखरा महानगरपालिका– ५ मालेपाटनस्थित अधिकारीको निवासमा पुगेका हुन् । शोकाकूल अवस्थामा रहेका अधिकारीका आमाबुबा एवं परिवारजनलाई सर्वसाधारण, विभिन्न दलका नेता तथा कार्यकर्ताले सान्त्वना दिएका थिए । दुर्घटनाको खबरसँगै अधिकारीका बुबा इन्द्रप्रसाद र आमा लक्ष्मीदेवीलाई यति एयरको विमानबाट काठमाडौँ लगिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!