गाईघाट (उदयपुर) । सदरमुकाम गाईघाटस्थित त्रियुगा नगरपालिकासहित अन्य तीन
नगरपालिकामा केही दिनयता निर्वाचन आचारसंहिता उल्लङ्घनका घटना बढेका छन् ।

जिल्लाका मुख्य ठूला राजनीतिक दल नेकपा ९एमाले०, नेपाली काँग्रेस र नेकपा ९माओवादी केन्द्र० सहितका पार्टीका कार्यकर्ता र उम्मेदवारले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्दै आएका छन् ।

Advertisement

गाईघाटको मुख्य सार्वजानिक स्थान र जिल्लाको बोक्सेस्थित सरकारी कार्यालयको परिसर वरपर समेत पार्टीका झन्डा तथा ब्यानर राख्ने, बिजुलीको पोलदेखि मठमन्दिर क्षेत्रमा समेत पार्टीका झन्डा र चुनावी चिह्न अङ्कित झन्डा राखेका छन् ।

निर्वाचन आयोगले राजनीतिक दललाई चुनावी चिह्न भएको टिसर्ट र झोला वितरण नगर्नु भन्ने आदेश जारी गरेकोछ । तर यसलाई लत्याउँदै अहिले जिल्लाका राजनीतिक दलले चुनाव चिह्न भएको टिसर्ट र झोला वितरण गर्दै हिँडेका छन् ।

“चियापसलदेखि व्यापारीलाई समेत टिसर्ट लगाउन लाउने गरेका छन्,” गाईघाटका व्यवसायी ध्रुव राउतले भन्नुभयो ।

यस्तै राजनीतिक दलले चुनावी आचारसंहिता उल्लङ्घन गर्दै प्रचारप्रसार समेत भड्किलो बनाएका छन् । त्रियुगा नगरपालिकासहित कटारी नगरपालिका, बेलका नगरपालिका र चौदन्डी नगरपालिका क्षेत्रमा चुनावा प्रचारप्रसार भड्किलो देखिन्छ ।

जिल्ला निर्वाचन कार्यालयको निर्वाचन आचारसंहिता अनुगमनकर्ताका संयोजक कृष्ण पौडेलले राजनीतिक दललाई चुनावी आचारसंहिता पालना गर्न निर्देशन दिएको तर केही उल्लङ्घनका घटना सुन्नमा आएको बताउनुभयो । सर्वदलीय बैठक बसेर यसबारे दलको ध्यानाकर्षण गराइने उहाँको भनाइ छ ।

गाईघाटका व्यवसायी विनोद साह भन्नुहुन्छ, “मेरो घरको अगाडि आएर सबै राजनीतिक दलले झन्डा गाडेर गएका छन्, मलाई नसोधी मेरो घरको दलानमा झन्डा गाडेका छन्, यसले मलाई पनि असर गरेको छ ।”

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!