ज्यो.प.तुलसी भारद्वाज निरौला

मेष–    आमाबाट आएको धनको उपयोगबाट लाभ उठाउन सकिनेछ । बन्न लागेको काम बिग्रन गइ मनमा चिन्ता बढ्रन सक्छ ।

वृष–    कमाइ सोचेअनुरुप हुनेछ  । पठन–पाठनमा पनि प्रगति हुनेछ,, सन्तान पक्षबाट खुशीको समाचार सुन्न पाइएला ।

Advertisement

मिथुन–    आज कुनै नया कामको थालनी गर्नु भए राम्र्रो हुन्छ । काममा जोश र जागर बडने देखिन्छ, दिन एकदमै राम्रो छ ।

कर्कट–    अनावस्यक डर, वादविवाद हुन सक्नाले समय खासै राम्रो छैन होस पुर्याउनु होला, कुसैसंग झगडा पनि हुन सक्छ ।

सिंह–    मनमा दुबिधा रहन सक्ने दिन छ ।  सामाजिक काममा नाम रहने छ, ब्यापार तथा जागीरमा दिन ठिकै छ ।

कन्या–    चल–अचल सम्पत्तिको कारोवार हुन सक्नेछ । वैवाहिक जीवन सुखी हुने खालको दिन छ, यात्राको पनि योग रहेको छ ।

तुला–    परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु हुन सक्छन्, मन त्यसै शान्त हुनेछ ।

वृश्चिक–    खर्च गर्दा होस पुर्याउनु होला । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला, साथै परिवारमा पनि समस्या आउनेछ ।

धनु–    आज तपाइको धनलाभको योग छ, पढाइमा प्रगती होला,  साथै दिन खुशी साथ बित्ने छ ।

मकर–    आयआर्जनमा राम्रो दिन छ । केहि नयाँ काम गर्नको लागि परिवारजनको राम्रो सल्लाह आउने देखिन्छ ।

कुम्भ–    हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ । रमणीय र सुखद यात्राको योग छ ।

मीन–     स्वास्थ्य विग्रन सक्छ । अरूको भर पर्दा काममा धोका हुन सक्छ, टाढाको यात्रा आज नगर्नु होला ।

ज्यो.प.तुलसी भारद्वाज निरौला

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!