काठमाडौं, २४ माघ । सिन्धुलीको फिकल गाउँपालिका-२, चण्डी भञ्ज्याङमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुको सनाखत भएको छैन । घटनामा ७ जना घाइते छन् भने ३ जनाको अवस्था गम्भीर छ ।

Advertisement

जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका अनुसार बा१५ च ९४२२ नम्बरको जीप सडकबाट करिब दुई सय मिटर तल खस्दा उनीहरुको घटनास्थलमै मृत्यु भएको थियो ।

गम्भीर घाइतेहरुको खुकोट अस्पताल उपचार भइरहेको प्रहरीले जनाएको छ ।

गएराति सिन्धुलीकै सुनकोशी गाउँपालिका-२ कमेरेफाँटमा जन्ती सवार बा ४ ख ९४३८ नम्बरको टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!