रुकुम (पूर्व), २१ माघ । बालिका बलात्कारको अभियोगमा एकलाई प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

बलात्कारको अभियोगमा सिस्ने गाउँपालिका–५ बाहुनठानाका ३० वर्षीय मदन गौतमलाई आज प्रहरीले नियन्त्रणमा लिएको हो ।

मादक पदार्थ सेवन गरी लठ्ठै भएका गौतमलाई सोही ठाउँकी ३ वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बालिकाको शारीरिक अवस्था हेर्दा बलात्कार भएको हुनसक्ने अनुमान प्रहरीको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक योगेन्द्रकुमार खड्काले बताउनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!