पाँचथर। फिदिम–१२ भोटेगाउँका ४० वर्षीय मिङ्मा शेर्पाको आफ्नै छिमेकी युमा शेर्पाले हानेको ढुङ्गाले लागेर मृत्यु भएको छ ।

शुक्रबार साँझ छिमेकीको घरमा मादकपदार्थ सेवन गरेर बसिरहेका बखत आपसी विवाद हुँदा युमाले मिङ्मालाई ढुङ्गाले हानेको प्रहरीले जनाएको छ ।

Advertisement

टाउकामा ढुङ्गा लागेका मिङ्मालाई उपचारार्थ पाँचथर अस्पताल ल्याउने क्रममा आज बिहान केहीबेर अघि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी विज्ञान बस्नेतले जानकारी दिनुभयो ।

घटनापछि फरार युमाको खोजीका लागि प्रहरी परिचालन गरिएको छ । शेर्पाको शव परीक्षणका लागि पाँचथर अस्पताल ल्याइँदैछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!