दार्खा (धादिङ)। गजुरीस्थित प्रहरीले मङ्गलबार बिहान लुकाई छिपाई नारायणगढतर्फ लैजाँदै गरेको ७० केजी चरेस बरामद गरेको छ ।

Advertisement

सुराकीका आधारमा बिहान ४ बजे इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक बरुणबहादुर सिंहको कमान्डमा खटिएको प्रहरी टोलीले गजुरी हुँदै नारायणगढतर्फ जाँदै गरेको ना ६ ख १३७ नंको एल.पी ट्रकलाई पृथ्वीराजमार्गको बेनिघाट रोराङ गाउँपालिका–५ बेनिघाट बजारमा रोकेर खानतलासी गरी उक्त परिणामको चरेस बरामद गरेको हो ।

उक्त ट्रकका चालक छिमेकी जिल्ला मकवानपुरको मनहरि गाउँपालिका–६ बस्ने ३२ वर्षीय कृष्णबहादुर राई र सोही स्थान बस्ने सहचालक १८ वर्षीय आयुष लामालाई पक्राउ गरिएको छ ।

पोका पारेर टेपले बाँधेर बेवारिस अवस्थामै ट्रकको पछाडि बोरामा राखेर त्रिपालले छोपेको अवस्थामा चरेस बरामद गरिएको प्रहरी निरीक्षक सिंहले बताउनुभयो ।

प्रहरीले लागुऔषध चरेस, ओसारपसारमा प्रयोग गरेको ना ६ ख १३७ नंको ट्रक र ओसार पसारमा संलग्न कृष्णबहादुर राई र आयुष लामालाई आवश्यक कानुनी कारबाहीका लागि पक्राउ गरी जिल्ला प्रहरीमार्फत थप अनुसन्धान कार्य भइरहेको छ ।

चालक कृष्णकुमार यसअघि नै लागूऔषध ओसारपसार गरेबापत दुई वर्ष कैद भोगी गत महिना मात्रै रिहाइ भएका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!