ईश्वर थापा/संगालोखबर

धनकुटा, १२ कात्तिक । धनकुटा जिल्लामा रहेका चिया, अलैचि, अदुवा तथा दुग्ध क्षेत्रमा कार्यरत उद्योगी तथा कृर्षकका लागि एक दिने कार्याशाला धनकुटामा सम्पन्न भएको छ। अन्र्तराष्ट्रिय श्रमका मापदण्ड, श्रम सम्बन्धी विश्यव्यापी सिद्धान्त तथा घोषणाहरु र नेपालमा लागू भएका श्रम ऐनको बारेमा कार्यक्रममा जानकारी गराईएको छ। नेपाल उद्योग वाणिज्य संघ धनकुटाको आयोजनामा कार्यशाला गोष्ठी आयोजना गरिएको हो ।

Advertisement

डेनमार्क सरकारको सहयोगमा संचालीत उन्नती परीयोजना अन्र्तगत रहेर अन्र्तराष्टिय श्रम संगठन (आई एल ओ),यसका मापदण्ड, नेपालले अनुमोदन गरेका विभिन्न ११ ओटा श्रम सम्बन्धीका महासन्धी बारेमा जानकारी गराईएको छ।

यस्तै नेपालमा लागू भएको श्रम ऐन २०७४ का मूलभूत व्यवस्थाहरुको बारेमा सहभागीहरुलाई जानकारी गराईएको छ। कार्यशाला गोष्ठिमा नेपाल उद्योग वाणिज्य महासंघका प्रशिक्षक हंशराम पाण्डेले १४ वर्ष पुरा नगरेकाहरुलाई श्रमिकका रुपमा काममा लगाउन नपाईने श्रम ऐन २०७४ ले व्यवस्था गरेको जानकारी गराए ।

यस्तै १६ वर्ष पुरा नगरेका लाई जोखिमयुक्त व्यवसाय तथा कार्यमा लगाउन नपाईने,समान कामको लागि पारिश्रमिकमा भेदभाव नहुने लगायत श्रम ऐनमा रहेको उल्लेख गरे । सोही अवसरमा बहुराष्टिय कम्पनि सम्वन्धमा अन्र्तराष्टिय श्रम संगठनको त्रिपक्षिय घोषणाहरुका सिदान्तका बारेमा नेपाल उद्योग वाणिज्य महासंघका इश्वर श्रेष्ठले जानकारी गराएका थिए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमूख टंक चौहानले निर्यातलाई वृद्धि गदै स्वदेशी उत्पादन बढाएर आर्थिक विकास गर्न आवश्यक रहेकोमा जोड दिए । धनकुटा नगरपालिकाका उपप्रमूख सकुन्तला बस्नेतले विदेशी लगानी तथा सहयोगलाई सही सदूपयोग गर्नुपर्ने बताइन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!