उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)- नेपाली पात्रो

वि.सं. २०७५ साल असोज ११ गते। बिहीबार। इश्वी सन् २०१८ सेप्टेम्बर २७ तारिख। नेपाल संवत् ११३८ ञलगा। आश्विन कृष्णपक्ष। तिथि– द्वितीया, ८:३२ बजेउप्रान्त तृतीया।

Advertisement

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
प्रतिष्ठित काम गर्ने मौका छ। बौद्धिक उपलब्धिले आत्मविश्वास बढ्नेछ। विशिष्ट व्यक्तिसँग भेटघाट हुनेछ। मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ। शुभचिन्तकहरूको सहयोगले नाम र दाम प्राप्त हुनेछ। कर्मफलले मन प्रसन्न रहनेछ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
होसियार बन्न नसक्दा फजुल खर्च भए पनि श्रमअनुसार फाइदै हुनेछ। कामबाट उपलब्धि उठाउन सकिनेछ। तर, परिवारजनबाट टाढिनुपर्ला। विवादमा परिए पनि कमजोरी सच्याउने समय छ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदै हुनेछ। समस्या दर्साउँदा सुखदुःखमा साथ दिनेहरू फेला पर्नेछन्। लगनशीलताले परिस्थितिलाई बदल्न सक्छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
पछिका लागि केही वस्तु त्याग्नुपर्ला। लाभको अवसर मिले पनि तत्काल फाइदा लिँदा भविष्यमा नोक्सान हुने देखिन्छ। मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्, सजग रहनुहोला। सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ। प्रयत्न गर्दा पछि फाइदा हुने काम प्रारम्भ हुनेछ। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
पारिवारिक मतभेद र अवरोधका बीच पनि सामाजिक नेतृत्व हातलागी हुनेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ हुनेछ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। अधिकारीवर्गको सहयोगले प्रतिष्ठित काम गर्ने मौका छ। अरूलाई प्रभावित पारेर काम लिन सकिने छ। कीर्तिमानी काम गर्दै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व हातलागी हुनेछ। धेरैले तपाईंका कामको तारिफ गर्नेछन्। कीर्तिमानी काम गर्ने समय छ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सहयोगीहरूले साथ दिनेछन् भने आँटेका काम बन्नेछन्।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ। न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने समय छ। आजको प्रयत्न निष्फल जस्तै रहला। काम बिग्रने भयले पनि सताउन सक्छ। लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य प्राप्त नहुन सक्छ। नयाँ काममा हात हाल्न केही समय पर्खंनुहोला। आश्वासन दिनेहरूको भरमा नबस्नुहोला।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
विभिन्न सहयोग र उपहार पाइनेछ। आयआर्जन पनि राम्रै हुनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। जिम्मेवारीबाट मुक्त रही विश्राम पाइनेछ। परिवारजनको साथले नयाँ आशा पलाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै पारिवारिक सुख प्राप्त हुनेछ। अतिथिका रूपमा सम्मान पाइनेछ। रमाइलो यात्रा गर्ने मौका छ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ। परिस्थितिसँग सम्झौता गर्नुपरे पनि कामले प्रतिष्ठा दिलाउनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। हठ गर्ने बानीले दुःख पाइएला। सद्विचार लिनेहरूका लागि समय उत्साहजनक रहनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
दिन उत्साहपूर्ण रहला। सुखद समाचार सुन्न पाइनेछ। स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदा हुनेछ। व्यापारमा सामान्य र पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ। पढाइलेखाइमा प्रगति हुनेछ भने बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन्।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
परिस्थितिलाई आत्मसात् गर्न नसक्ता अलि दुःख पाइनेछ। मान्यजनसँग असमझदारी बढ्न सक्छ। चिताएको काममा दाेहाेर्याएर प्रयत्न गर्नुपर्ला। साझेदारीमा देखिएकाे समस्या सुल्झाउन सकिनेछ। अाफन्तको सहयाेगले राम्राे फाइदा हुनेछ। बेसुरमा दिएको वचनले अप्ठ्यारो पार्न सक्छ। प्रयत्न गर्दा आमाको माध्यमबाट काम बनाउन सकिनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
अनुकूल समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। कृषि–चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन हुनेछ। केही अवसर बाहिरिए पनि प्रतिस्पर्धीहरू पछि हट्नेछन्। शुभचिन्तकहरूले कमजोरीप्रति गुनासो गर्न सक्छन्, सजग रहनुपर्नेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
कार्यसम्पादन गर्ने क्षमता बढ्नेछ। दीर्घकालीन रूपमा फाइदा हुने काम सुरु हुन सक्छ। तार्किक क्षमता एवं बोलीको प्रभाव बढ्नेछ। ठीक समयको सही निर्णयले विभिन्न अवसर दिलाउनेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। मान–सम्मान पाइनेछ। बोलीको भरमा चिताएको काम बन्नेछ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!