मोरङ, १ असोज । प्रदेश नं. १ सरकारले अस्थाई राजधानी विराटनगरमा तीन दिनसम्म विभिन्न कार्यक्रम गरेर सविधान दिवस मनाउने भएको छ । मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा ५०१ सदस्यीय मुल समारोह समिति गठन गरी असोज २ देखि ४ गतेसम्म विभिन्न कार्यक्रम गरी सविधान दिवस मनाउने तयारी गरिएको हो ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गरी संबिधान दिवस मनाउँने सम्बन्धि जानकारी दिएको हो । प्रदेश सरकारका प्रमुख सचिव केदार न्यौपानेको संयोजकत्वमा कार्यक्रम व्यवस्थापन समिति पनि गठन गरिएको छ ।
यस्तो छ तीन दिने कार्यक्रम
असोज २ गते: विराटनगर भित्रका सबै सरकारी कार्यालयले आ–आफनो कार्यालय र क्षेत्रका विभिन्न स्थानमा राष्ट्रिय झण्डा एवं व्यानर सजाई नगरको श्रृंगार र सरसफाई गरी साँझ दीपावली गर्नेछन् ।
त्यसै संविधानका विषयमा केन्द्रित रहेर विशेष, परिसम्वाद, सम्वाद लगायत जनचेतनामूलक कार्यक्रमको मिडिया मार्फत प्रचारप्रसार गर्ने, प्रदेश सरकारका प्रमुख, सरकारका मन्त्री, सभामुख, सरकारका उच्च पदाधिकारीसहितको सहभागितामा विभिन्न कार्यक्रम गरिने प्रमुख सचिव केदार न्यौपानेले जानकारी दिए ।
असोज ३ गते: नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, नेपाल स्काउट तथा विद्यार्थीहरुको मार्चपासदेखि विभिन्न जातजातिको भेषभुषा र संस्कृति झल्कने झाँकी प्रर्दशन गरी सुरक्षा निकायद्वारा रोचक प्रस्तुती देखाईनेछ । प्रदेश सरकारले उत्कृष्ट झाँकी तथा नृत्य र प्रतियोगीतामा सहभागि टिमलाई नगद राशीसहित पुरस्कृत गर्ने जनाएको छ ।
असोज ४ गते: दिवसको अन्तिम दिन विराटनगरका विभिन्न विद्यालयले संविधानको सन्र्दभमा हाजिरीजवाफ र बक्तृत्वकला प्रतियोगिता गर्नेछन् । तीन दिनसम्म भब्य रुपमा संबिधान दिवस मनाउँने तयारी गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्री हिकमत कार्कीले जानकारी दिए ।