नेपाली चलचित्रका मेकरहरु अहिले कथावस्तुमा आधुनिकतासँगै नेपालकै संकृतीको फ्यूजन खोजिरहेका छन् । प्रदर्शन मिति तय नगरिएको चलचित्र ‘कमलेको बिहे’ले पनि यस्तै कथाको खोजी गरेको छ ।

Advertisement

सार्वजनिक भएको ट्रेलरमा संकृत विद्या पढेर शास्त्री बनेको ‘कमले’ र आधुनिक यूवती ‘चमेली’को रोमाञ्चक प्रेम कथालाई प्रस्तुत गरिएको छ ।
प्रसन्न पौडेलको निर्देशनमा तयार भएको यो चलचित्रको शिर्ष भूमिकामा नायक अनुपविक्रम शाही देखिएका छन् भने ‘चमेली’को भूमिकामा सन्ध्या केसी देखिएकी छिन् । साथमा विनोद न्यौपाने, इशान ढकाल लगायतका कलाकारको अभिनय चलचित्रमा देख्न सकिन्छ ।

चलचित्रलाई सरिता मुभिज क्रियशनको ब्यानरमा सरिता लामाले निर्माण गरेकी हुन् भने यसको कार्यकारी निर्माता दिपक बिष्ट हुन् । चलचित्रको ‘टाकन टुकन’ बोलको गीत चर्चामा छ । चलचित्रमा तारा थापाको सम्पादन, दीपक सिंहको कोरियोग्राफी, विदुर पाण्डेको छायांकन, महेश दवाडी कथा, पटकथा तथा संवाद, राजनराज सिवाकोटीको संगीत छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!