सिड्नी । यतिबेला अभिनेत्री नीता ढुगांना सिड्नी आईपुगेकी छिन । उनी यसै हप्ता जून ३ तारेखका दिन झापाली समाजले आयोजना गर्न लागेको कार्यक्रममा सहभागी हुने छिन ।

Advertisement

उनी अहिले भने सिड्नी घुम्नमा ब्यस्त छिन । ‘अष्टेलिया आउने सपना पूरा भयो,’ उनले भनिन्, ‘ यो निकै सुन्दर मूलुक रहेछ,’

सिड्नीमा रहेको ओपरा हाउस घुमेपछी भने नितालाई प्रेमीको याद आएछ ‘ओपरा हाउसमा प्रेमीसंग आउन पाएको भए अर्कै मज्जा आउँथ्यो होला तर आफू सिंगल परियो’ मुस्काउँदै उनले भनिन, ‘बिहे गरेपछी चाहिं हनिमुन मनाउन ओपरा हाउस नै आउँछु ।’

ओपरा हाउसमा नेपालको कुन नायकसंग रोमान्स गर्ने मन छ त ? भन्ने जबाफमा नीताले भनिन् ‘अनमोल केसीसंग’

जीवनलाई उनले एउटा यात्रा पनि ठानेकी छिन । हरेक देशका आ-आफ्नै विशेषता हुने गरेका तर अष्टे्रलिया भने बिबिध बिशेषता युक्त मुलुक भएको उनले बताइन

सिड्नीको ३ हप्ते बसाईमा आफू केही भिडियो र सर्ट फिल्म खेल्ने तयारीमा रहेको नीताले बताइन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!