काठमाडौं । आम नेपालीको प्रतिव्यक्ति आम्दानी बढेर ८ सय ६२ अमेरिकी डलर पुगेको अनुमान गरिएको छ । आज संसदमा आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री कृष्ण बहादुर महराले यस्तो जानकारी दिएका हुन् ।

Advertisement

एक नेपालीको बार्षिक आम्दानी १० हजार ८ सय १५ रुपैयाँले बढेको हो। यस्तो आम्दानी बार्षिक ८८ हजार ७ सय ८५ रुपैयाँ पुगको छ।

गत वर्ष प्रतिव्यक्ति नेपाली आम्दानी ७ सय ५७ डलर रहेको थियो । त्यस्तै, चालु आवमा कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान २९.३७ प्रतिशत र गैरकृषि क्षेत्रको योगदान ७०.६३ प्रतिशत रहेको अनुमान गरिएको छ । कुल गार्हस्थमा राजस्वको योग्दान पनि २२.३ प्रतिशत पुग्ने अनुमान गरिएको हो ।

सरकारले पुँजीगत खर्च वृद्धि भएको कृषि क्षेत्रमा वृद्धि भएको कारण आर्थिक वृद्धि ६.९४ प्रतिशत पुग्ने अनुमान गरिएको छ । गत आर्थिक वर्षमा भने आर्थिक वृद्धि ०.०१ प्रतिशत मात्र रहेको थियो ।

त्यस्तै, ८ महिनामा विद्युत् आपुर्ती १०५.६१ मेगावाटले बढेर ९ सय ६१ मेगावाट पुगेको, कुल सडक बिस्तार २९ हजार १ सय ५३ किमि भएको छ । त्यस्तै सन् २०१६ मा ४० प्रतिशतले पर्यटक आगमन बढेर ७ लाख ५३ हजार पुगेको छ ।

यता, कुल गार्हस्थ उत्पादनमा आन्तरिक बचत ६.४३ प्रतिशत बिन्दुले वृद्धि भई १०.२५ प्रतिशत हुने अनुमान छ । कुल गार्हस्थ उत्पादनमा कुल राष्ट्रिय बचतको अनुपात ४३.७८ पुगेको छ । अघिल्लो आवमा यो अनुपात ३९.९६ रहेको थियो ।

 

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!