बेइजिङ, ७ असार । चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई गार्ड अफ अनर प्रदान गरिएको छ ।
भ्रमणको आज तेस्रो दिन ग्रेट हल अफ पिपलमा प्रधानमन्त्री ओलीलाई गार्ड अफ अनर प्रदान गरिएको हो । सो कार्यक्रममा चिनियाँ प्रधानमन्त्री लि खछ्याङ सहभागी थिए ।

Advertisement

त्यसअघि प्रधानमन्त्री ओलीले चिनियाँ जनकंग्रेस स्थायी समितिका अध्यक्ष लि झाङसुसँग भेटवार्ता गर्नु भएको थियो । ग्रेट हल अफ दि पिपलमा आज भएको भेटवार्तामा आपसीहित र द्विपक्षीय सम्बन्धका बारेमा कुराकानी भएको थियो ।

प्रधानमन्त्री ओलीले चिनियाँ जनकंग्रेसको अध्यक्षमा निर्वाचित हुनुभएकामा लिलाई बधाई दिँदै सफल कार्यकालको कामना गरेका थिए ।

अध्यक्ष लि ले नेपालको भूकम्प र त्यसले पारेको प्रभाव र पुनःनिर्माणमा भइरहेको प्रगतिका बारेमा प्रधानमन्त्री ओलीसँग जिज्ञासा राखेका थिए । भेटवार्तामा नेपाली प्रतिनिधिमण्डलको समेत सहभागिता थियो ।

लगत्तै प्रतिनिधिमण्डलस्तरीय वार्ता सुरु भएको छ । बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो प्रतिनिधिमण्डललाई गरेको स्वागतप्रति धन्यवाद दिँदै द्वीपक्षीय सम्बन्धलाई अझै प्रगाढ बनाउनेमा जोड दिए ।

बैठकपछि दुई देशबीच रेलमार्गसहित विभिन्न सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!