
काठमाण्डौ, ६ असार । धनकुटामा चहलपहल बढाउँनका लागि बुधबार राजधानीमा छलफल गरिएको छ ।
प्रशासनीक गौडा हुँदै यसअघि पूर्वाञ्चल बिकास क्षेत्रको सदरमुकामसमेत रहेको धनकुटालाई अन्याय गरी प्रदेशको राजधानी अन्यत्रै सारेपछि जिल्लामा चहलपहल घटेको भन्दै समस्या समाधानका लागि काठमाण्डौंमा छलफल गरिएको हो ।
धनकुटामा पुनः चहलपहल बढाउँन सरोकारवालाहरुवीच छलफल एवं बहस गरी बिकल्प खोज्ने प्रयास गरिएको कार्यक्रममा सहभागि कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले जानकारी दिए ।
सो अवसरमा पूर्व सांसद मनोहर नारायण श्रेष्ठ, प्राध्यापकहरु रेवती प्रसाद दाहाल, गोपाल प्रसाद अधिकारी, ओम श्रेष्ठ, पूर्व कर्मचारी टंक दवाडी लगायतले हरेक हिसावले उपयुक्त भएरपनि धनकुटालाई प्रादेशिक राजधानी नबनाईदा जिल्लाको सन्नटा छाएको बताए ।
उनीहरुले अव धनकुटालाई पहिलेकै अवस्थामा फर्काउनका लागि स्थायी राजधानी बनाउँनुपर्ने धारणा राखेका छन् ।
धनकुटामा केन्द्रिय सरकारले पनि तत्काल केन्द्रिय सरकारका कार्यालयहरु राख्नु पर्ने र प्रदेश सरकारले पनि धनकुटालाई जिवन्त राख्न तत्काल ठोस कार्यक्रम ल्याउनुपर्नेमा सहभागिहरुले जोड दिएका छन् ।