नुवाकोट, ६ असार । नुवाकोटमा नुहाउने क्रममा खोलामा डुवेर आज दुई जनाको मृत्यु भएको छ । सल्यानको छत्रेश्वरी गाँउपालिका–२ बाट मजदुरी गर्न नुवाकोट आएका दुईजना युवाको तादी खोलामा नुहाउने क्रममा डुवेर मृत्यु भएको हो ।
तादी गाँउपालिका–४ स्थित तादी खोलामा नुहाउन गएका २४ बर्षीय डिल्ली विश्वकर्मा र २० बर्षीय डोना विश्वकर्माको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
सातबिसे भन्ने स्थानमा आदीशक्ति जलविद्युत केन्द्रमा पानी लैजान बनाएको बाँध स्थलमा नुहाउन गएका उनीहरुको मृत्यु भइसकेको अबस्थामा स्थानीयबासीले देखेर प्रहरीलाई खबर गरेका थिए ।
उनीहरु केही दिन अघिमात्र ठेकेदारमार्फत नुवाकोटमा विद्यालय, सडक लगायतका भौतिक संरचना निर्माण गर्न नुवाकोट पुगेका थिए ।