अनलाइनखबर

काठमाडौं, ६ असार । बहुदलीय प्रतिस्पर्धाबाट दुई तिहाई बहुमतसहितको सरकार बनाएको एशियाकै एकमात्र कम्युनिस्ट पार्टी नेपाल कम्युनिस्ट पार्टी (ने क पा) अमेरिकाप्रति गरम र चीनप्रति नरम देखिएको छ । अर्को छिमेकी भारतप्रति भने नेकपाले नरम पनि नहुने र गरम पनि नदेखिने नीति अख्तियार गरेको छ ।

Advertisement

नेकपाको ३९ पृष्ठको राजनीतिक प्रतिवेदनमा अन्तर्राष्ट्रिय परिस्थिति र विश्व कम्युनिस्ट आन्दोलनको समीक्षा गर्ने क्रममा अमेरिकी नीतिको आलोचना गरिएको छ । अमेरिकाको नाम नलिई साम्राज्यवादको चर्को बिरोध पनि गरिएको छ ।

अमेरिकाले इराक, सिरिया, अफगानिस्तान लगायतका खाडी देशमा युद्ध थोपरेको भन्दै नेकपाले त्यसको मूल उद्देश्य त्यहाँका तेल र ग्याँस लगायतका प्राकृतिक स्रोतहरुको दोहन गर्नुमा केन्दि्र रहेको निष्कर्ष निकालेको छ । निर्वाचन आयोगमा बुझाइएको राजनीतिक प्रतिवेदनमा कोरियाली प्रायद्वीपमा बढ्दो अमेरिकी गतिबिधिले तनाव सिर्जना गरेको समेत उल्लेख छ ।

अमेरिकाले अरु मुलुकहरुबाट आयाति वस्तुहरुमाथि कडा भन्सार नीति लागु गर्दै आफ्नो एकाधिकार पुँजीलाई संरक्षण गर्न खोजेको नेकपाको ठम्याइ छ । नेकपाको राजनीतिक प्रतिवेदनमा यो मतभेद चुलिँदै गएर व्यापार युद्ध हुन सक्ने आशंकासमेत गर्न थालिएको उल्लेख छ ।

विश्व साम्राज्यवाद र उत्पीडित राष्ट्रहरुबीचको अन्तर बिरोध प्रखर र प्रमुखरुपमा अभिव्यक्त भइरहेको भन्दै नेकपाले साम्राज्यवादी शक्तिहरुले फुटाउ र शासन गरेको नीति प्रयो गरिरहेको आरोप लगाएको छ ।

ती देशका जनतलाई प्राकृतिक स्रोत र साधनमाथिको स्वामित्वबाट विस्थापन गर्ने, जातीय, क्षेत्रीय तथा धार्मिक प्रकृतिका साम्प्रदायिक द्वन्द्वहरु सिर्जना गराउने र आन्तरिक द्वन्द्वमा फसाएर तेस्रो विश्वका मुलुकहरुको राष्ट्रियलाई समाप्त पार्ने षडयन्त्रहरु भइरहेको नेकपाको ठहर छ ।

चीनको जोडदार समर्थन

नेकपाको राजनीतिक प्रतिवेदनमा कम्युनिस्ट मुलुक चीनप्रति भने सहानुभूति र परोक्ष समर्थन व्यक्त गरिएको छ । चीनको ‘बेल्ट एण्ड रोड इनिसियटिभ’ बीआरआईविरुद्ध कतिपय देशले प्रयास गरिरहेको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै चीनविरुद्ध कथित स्वतन्त्र तिब्बत गतिविधिहरुलाई पनि नेकपाले ध्यानमा राखिनुपर्ने जनाएको छ ।

चीनले केही दशकभित्रै हासिल गरेको चमत्कारिक उपलव्धी प्रेरणादायी रहेको नेकपाको राजनीतिक प्रतिवेदनमा उल्लेख छ ।

चीनको तीब्र विकास र भारतसहित संलग्न रहेको बि्रक्स संयन्त्र लगायत बिभिन्न बित्तिय संस्था र गतिबिधिले अमेरिका र युरोपको बर्चश्व कमजोर बन्दै गएको नेकपाको दृष्टिकोण छ । अमेरिकी नेतृत्वको एक धु्रवीय शत्तिःलाई चुनौती दिँदै विश्व बहुधु्रवीय दिशातर्फ अग्रसर भएकाले यसले अवसर चुनौति दुवै सिर्जना भएको नेकपाको प्रतिवेदनमा उल्लेख छ ।

नेकपाले विश्वका बिभिन्न देशमा कम्युनिस्ट क्रान्तिकारीहरुले गरेको शसस्त्र संघर्ष असफल भएको निष्कर्ष निकाल्दै शान्तिपूर्ण रुपमा मार्क्सवाद लेनिनवादको सिर्जनात्मक प्रयोग गर्न सबै देशका बामपन्थीलाई आह्वान गरेको छ । हालैमात्र नेकपाले विश्वका कम्युनिस्टहरुको अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा गरेको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!