भीमदत्तनगर। महाकाली नदीमा बगेर आज तीन किशोर बेपत्ता भएका छन् ।

Advertisement

महाकाली नदीमा नुहाउने क्रममा कञ्चनपुरको भीमदत्तनगरपालिका–१४ बनकट्टीका १६ वर्षीय कपिल खाती, १६ वर्षीय दिपेश कुँवर र बनकट्टीकै १५ वर्षीय राहुल उपाध्याय बगेर बेपत्ता भएका इलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रमुख प्रहरी निरीक्षक बिरादत्त पन्तले जानकारी दिनुभयो ।

तीनैजना दोधारा चाँदनी झोलुङ्गे पुलभन्दा करिब पाँच सय मिटर दक्षिणतर्फबाट नदीमा बगेर बेपत्ता भएका थिए । उनीहरुको खोजीमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासी जुटेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!