काठमाडौँ, ५ असार । बरिष्ठ न्युरो सर्जन डा. उपेन्द्र देवकोटाको पार्थिव शरीरलाई अन्तिम संस्कारका लागि पशुपति लगिएको छ ।  सोमबार राजधानीको बासबारीस्थित न्यूरो अस्पतालमा उनको निधन भएको थियो ।

Advertisement

लामो समय चिकित्सा क्षेत्रमा बिताउनुभएका डा।देवकोटा पित्तथैलीको क्यान्सर रोगबाट पिडित थिए । लामो समय बेलायतमा उपचार गरेर केही महिना अघि मात्र स्वदेश फर्किएका उनको न्युरो अस्पतालमा उपचारकै क्रममा निधन भएको हो ।

२०१० साल पुष ४ गते गोरखाको पण्डितगाउँ लिलिगमा जन्मिएका डा। देवकोटाको पार्थिव शरीरलाई मंगलबार बिहान ८ बजेदेखि १ बजेसम्म अस्पताल परिसरमा श्रद्धाञ्जलीका लागि राखिएको थियो ।

उनको आर्यघाटमा विद्यतिय शवदाहगृहमा लगेर अन्त्येष्टि गरिनेछ । डा. देवकोटाको काजक्रिया ७ दिनमै सक्ने समेत बताइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!