उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)- नेपाली पात्रो

वि.सं. २०७५ साल असार ५ गते। मंगलबार। इश्वी सन् २०१८ जुन १९ तारिख। नेपाल संवत् ११३८ तछलाथ्व। ज्येष्ठ शुक्लपक्ष। तिथि– षष्ठी, ११:५१ बजेउप्रान्त सप्तमी।

Advertisement

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
अप्ठ्यारा परिस्थितिसँग सम्झौता गरे पनि लक्ष्य प्राप्त गर्न सफल भइनेछ। अस्वस्थताले आफूलाई कमजोर भएको अनुभूति हुनेछ। काममा केही अलमल तथा ढिलासुस्ती हुन सक्छ। तापनि, लगनशीलताले परिस्थितिलाई बदल्नेछ। पछि लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ। साझेदारीमा पहिलेको सम्झौता भंग हुन सक्छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्दा लाभ हुनेछ। अरूको सुझावमा भर नपर्नुहोला। परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ। तर महत्त्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नुहोला। आस लागेको काम बिग्रिए पनि मेहनत गर्दा पछिलाई फाइदा हुनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
अग्रजहरूको सहयोग जुट्नुका साथै शुभचिन्तकहरूबाट उत्साह प्राप्त हुनेछ। पराक्रमी कार्य सम्पादन गर्दै नाम र दाम कमाउने बेला छ। सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन्। उद्योग र व्यापारमा पनि मनग्गे लाभ हुनेछ। मिहिनेतले जीवनशैलीमा सुधार ल्याउनेछ। लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। आँटेको काम सजिलै सम्पादन हुनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
हडबडीले काम बिग्रनेछ भने सानो गल्तीले मौका गुम्न सक्छ। बोलीको गलत अर्थ लाग्नाले वादविवादमा परिने सम्भावना छ। अध्ययनमा त्यति समय दिन नसकिएला। स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्छ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। तर, नयाँ काम सुरु गर्न केही समय पर्खनु बुद्धिमानी हुनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
आत्मविश्वासको कमीले पछि परिनेछ। भेटघाटमा अलमलिनाले चिताएका काममा पनि बाधा हुनेछ। तापनि मिहिनेत गर्दा पछिका लागि फाइदा लिन सकिनेछ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। परिवेश उल्लासमय रहे पनि जीवनशैली व्यस्त रहनेछ। प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ। बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला। फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ला। बलजफ्ती व्यवहारले व्यर्थैमा समस्या निम्त्याउन सक्छ। आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ। खर्च लागे पनि यात्रा गर्ने अवसर प्राप्त हुनेछ। तर आफ्ना विषयवस्तुमा अरूले दाबी गर्न सक्छन्।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
दैनिक आवश्यकता पूरा हुनेछन् भने मिहिनेतको फल प्राप्त हुनेछ। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ। रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्न सक्छ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ भने साझेदारीबाट मनग्गे लाभ मिल्नेछ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। मिहिनेत गर्दा कीर्तिमानी काम बन्न सक्छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
अवसर आए पनि नयाँ काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। शारीरिक कमजोरीले चिन्ता बढाउन सक्छ। अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला। तापनि, लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ। काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। चिताएको मूल्य प्राप्त नभए पनि पछिलाई फाइदा हुनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ। सामान्य कामका लागि पनि दौडधुप गर्नुपर्नेछ। व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। गोप्य सूचना बाहिरिनाले काम दोहोर्याउनुपर्ला। स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
व्यापारमा लाभ लिने समय छ। व्यवसायले रमाइलो यात्रा गर्ने अवसर दिलाउन सक्छ। विभिन्न भौतिक साधन प्राप्त हुनेछन्। धन तथा ज्ञानको भण्डार बढ्ने समय छ। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त होला। गृहस्थी यात्रा रमाइलो रहनेछ। आफन्तहरूको साथले नयाँ आशा जगाउनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
लगनशीलताले अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। रकम तथा भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ। शत्रुभाव राख्नेहरू स्वयं कमजोर हुनेछन्। बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!