- संगालोखबर सम्वाददाता

दोलखा । दोलखामा माओवादी केन्द्रका कार्यकर्ताले आतंक मच्चाएर धम्क्याउँदै चुनावमा भोट मागिरहेको स्थानीयबासीले गुनासो गरेका छन । दोलखाको गौरीशंकर गाँउपालिकाबासीसमेत रहेका पत्रकार गणेश बस्नेतका अनुसार माओवादी कार्यकर्ताले बन्दुक तेस्राएर धम्क्याउँदै भोट माग्ने गरेका छन ।

‘यहाँ त माओवादी आतंक अझै सकिएको छैन ।’ संगालोखबरसँगको फोन सम्पर्कमा दोलखाको गौरीशंकरबाट पत्रकार बस्नेतले भने ‘भोट नदिए उडाईदिन्छु भन्दै माओवादी कार्यकर्ता बन्दुक तेस्राएर हिड्छन ।’ माओवादी कार्यकर्ताको गतिबिधीका कारण आफुहरु त्रसित भएको स्थानीयबासीले गुनासो गरेका छन ।

‘०६४ सालयता यहाँका स्थानीयले स्वतन्त्ररुपमा भोट खसाल्न पाएका छैनन, अवको स्थानीय तह निर्वाचनमा पनि उस्तै हालत छ ।’ बस्नेतले भने । प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्षसमेत रहेका बस्नेतले उपलब्ध गराएको यो तस्वीर शुक्रबार खिचिएको हो ।

तस्वीरमा देखिएका माओवादी कार्यकर्ताहरु आङदोर्जी शेर्पा, छेतर शेर्पा र फुर्गेल शेर्पा हुन । उनीहरु दोलखाको गौरीशंकर गाँउपालिका–९ मा हतियार देखाउदै तर्साउँदै भोट माग्न हिड्ने गरेको स्थानीयबासीले जनाएका छन ।

माओवादी कार्यकर्ताले बन्दुकसहितका तस्वीरहरु फेसवुकमा समेत पोष्ट गरेका थिए । त्यसपश्चात स्थानीयले प्रहरीलाई खवर गरेपछि उनीहरुले पोष्ट हटाएका छन । प्रहरीलाई जानकारी गराएको २४ घण्टा बितिसक्दासमेत कुनै कारबाही प्रकृया अघि नबढेकाले सञ्चारमाध्यम मार्फत जनतामाथिको अत्याचारको उजागर गरिएको पत्रकार बस्नेतले बताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!