रुपन्देही, २५ जेठ। पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय, बुटवलमा कार्यरत प्रहरी नायब निरीक्षक पोमनारायण खनालको आज निधन भएको छ ।

Advertisement

यही जेठ २० गते बुटवलमा भएको दुर्घटनामा गम्भीर घाइते भएका खनालको काठमाडौस्थित ग्राण्डी अस्पतालमा उपचार हुँदाहुँदै निधन भएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय, बुटवलका प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले जानकारी दिनुभयो ।

दुर्घटनापछि मणिग्रामस्थित क्रिमसन अस्पतालमा प्रारम्भिक उपचार भएको र थप उपचारका लागि उनलाई काठमाडौँ लगिएको थियो । आफैलेले चलाएको स्कारपियो गाडी बसमा ठोक्किँएर दुर्घटना भएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!