भीमदत्तनगर, २५ जेठ । नेपाल प्रहरीले भारतीय सीमा सुरक्षा बल (एसएसबी) को सहयोगमा छ नाबालिका र १२ बालकसहित १८ बालबालिकाको पश्चिमी नाका गड्डाचौकीबाट उद्धार गरेको छ ।

Advertisement

इप्रका गड्डाचौकीका प्रमुख प्रहरी नायब निरीक्षक डिकरदेव पन्तले भारत लैजाँदै गरेका बालबालिकासहित उक्त कार्यमा संलग्न दुई जनालाई नियन्त्रणमा लिइएको बताउनुभयो । उद्धार गरिएका बालबालिका अछामको ढकारी गाउँपालिका–७ का रहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी बालबालिकालाई फकाएर भारततर्फ लगिरहेका ढकारी गाउँपालिकाकै ५३ वर्षीय रामबहादुर बुढा र ४८ वर्षीय रतन विकलाई नियन्त्रणमा लिइएको छ ।

उहाँले बालबालिकालाई माइती नेपाल कञ्चनपुरको आश्रयमा राखिने बताउनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!