पाल्पा, २४ जेठ । रैनादेवी छहरा गाउँपालिका–८ सत्यवतीमा भिरबाट खसेर एकजनाको मृत्यु भएको छ ।

Advertisement

मृत्यु हुने रैनादेवी छहरा गाउँपालिका–८ सत्यवतीका ४५ वर्षीय रेमबहादुर गाहा रहेका छन् ।

आज दिउँसो घरदेखि अन्दाजी ५०० मिटरको दूरीमा रहेको खरबारीमा घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो ।

जिल्ला अस्पताल पाल्पामा शव परीक्षणपछि आज आफन्तले बुझेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!