काठमाडौँ, २१ जेठ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्वास्थ्य अवस्था स्थिर रहेको छ । अहिले उनको अवस्था स्थिर रहेको तथा आन्तरीक रक्तश्राव नरोकिएको पनि अस्पतालले जनाएको छ ।

Advertisement

निमोनियाका कारण श्वासप्रश्वासमा समस्या देखिएपछि भारतमा उपचार गरेर फर्किएको भोलिपल्टै अस्पताल भर्ना भएका घिमिरेको अवस्था अहिले स्थिर रहेको छ । राष्ट्रकवि घिमिरेको सानो आन्द्रामा रक्तश्राव भइरहेको नरोकिएकाले थप उपचारका लागि संलग्न चिकित्सकहरुबीच छलफल भइरहेको छ ।

घिमिरेको उपचारमा डा चक्र राज पाण्डेको नेतृत्वमा डा बिबेक शर्मा , डा. ओम मूर्ति अनिल , डा रबि महत लगायत संलग्न छन ।राष्ट्रकवि घिमिरेको ग्राण्डी इन्टरनेशनल अस्पतालको हाइ केयर युनिट अर्थात बिशेष निगरानी कक्षमा उपचार भइरहेको छ । आन्तरिक रक्तश्राव नरोकिएपछि राष्ट्रकवि घिमिरेलाई जेठ ९ गते उपचारका लागि भारतको मेदान्त अस्पतालमा लगिएको थियो ।

तर त्यहाको उपचारमा मिडियामा आएजस्तो आन्तरिक रक्तश्राव नरोकिएको ग्रान्डी अस्पतालले दाबी गरेको छ । सानो आन्द्राबाट अझै रक्तश्राव भइरहेको उपचारमा संलग्न चिकित्सक बिबेक शर्माले बताए । शर्माका अनुसार उनको जुन समस्या थियो, त्यसमा सुधार भएको देखिएन, त्यसैले थप उपचारका लागि छलफल भइरहेको छ ।

ग्राण्डी अस्पतालसंग आन्तरिक रक्तस्राव रोक्ने उपचार पद्धति नभएकाले उनलाई अन्यत्र लैजान सुझाव दिइएको डा शर्माले बताए । उनि १० दिनको उपचारपश्चात भारतबाट शनिबार मात्र स्वदेश फर्किएका थिए । उनलाई उपचारका लागि यही जेठ ९ गते भारतको नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा लगिएको थियो । राष्ट्रकवि घिमिरे करिब चार महिनादेखि अस्वस्थ रहँदै आएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!