संगालोखबर संवाददाता

काठमाडौँ, १४ जेठ । राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई आजदेखि क्याविनमा सारिएको छ ।

Advertisement

उहाँको स्वास्थ्यमा सुधार आएपछि उच्च हेरविचार एकाइ हाइकेयर युनिट बाट आज क्याविनमा सारिएको उहाँकी छोरी उषा अधिकारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अहिले उहाँको स्वास्थ्यमा धेरै सुधार आएको छ ।” उहाँको छ दिनसम्म हाइकेयर युनिटमा राखी उपचार गरिएको थियो । उहाँको इण्डोस्कोपी, कोलोनोस्कोपी र क्याप्सुल इण्डोस्कोपी प्रविधि प्रयोग गरी उपचार भइरहेको छ ।

राष्ट्रकवि घिमिरेको भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उपचार भइरहेको छ । धापासीस्थित ग्राण्डी अस्पतालमा उपचार गराइरहनुभएका उहाँलाई सानो आन्द्राबाट रक्तस्राव नरोकिएपछि थप उपचारका लागि गत बुधबार नयाँदिल्लीस्थित मेदान्त अस्पताल लगिएको थियो ।

राष्ट्रकविलाई अस्पतालका चिकित्सक डा रणवीर सुदको टोलीले उपचार गरिरहेको छ । छोरी अधिकारीका अनुसार राष्ट्रकवि दुई तीन दिनपछि स्वदेश फर्कनुहुनेछ । सरकारले घिमिरेको उपचारमा लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने भएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement