पर्सा, ६ जेठ।  ठूलो परिमाणमा भारतीय रुपैयाँसहित पक्राउ परेका एक व्यक्तिलाई आज पर्सा प्रहरीले सार्वजनिक गरेको छ ।

Advertisement

प्रहरीले नियमित चेकाजाँचका क्रममा वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकमा १२ लाखभन्दा बढी भारतीय रुपैयाँसहित पक्राउ परेका कलैया उपमहानगरपालिका–८ का नगनारायण महतो कोइरीलाई सार्वजनिक गरेको हो ।

सीमावर्ती भारतीय शहर रक्सौलबाट ना ४ प १७७३ नं को मोटरसाइकलमा वीरगन्जतर्फ आउँदै गरेका कोइरीलाई प्रहरीले रजतजयन्ती चोकमा चेकजाँच गर्दा १२ लाख सात हजार ५०० भारतीय रुपैयाँ बरामद गरेको प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिनुभयो ।

कोइरीले बोकेको झोलाबाट प्रहरीले दुई हजार दरको २३५ थान र ५०० दरको एक हजार ४७५ थान भारतीय रुपैयाँ बरामद गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!